राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २८ श्रावण, २०८३
२०८३ साउन २८, काठमाडौँ ।नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज भव्य स्वागतको तयारी गरिरहेको छ। करिब साढे ५ महिनापछि देउवा आज दिउँसो १२:२५ बजे काठमाडौं आइपुग्दैछन्।
इतर समूहले राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा इतर समूहका शीर्षले एयरपोर्टमै पुगेर स्वागत गर्नेछन्।देउवाको स्वागतमा अन्य नेता कार्यकर्ता एयरपोर्टबाहिर तीन ठाउँमा भेला हुनेछन्। स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता उपस्थित हुने दाबी गरिएको छ।
देउवालाई विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएर बाजागाजा र झाँकीसहित स्वागत गर्ने तयारी छ।