बिहीबार, २८ फाल्गुन, २०८२

नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना पाल्पा १ बाट विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२

नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना पाल्पा १ बाट विजयी

२०८२ फागुन २३, पाल्पा । पाल्पा–१ मा नेपाली कांग्रेसका उमेदवार सन्दीप राना विजयी भएका छन् । उनले १८ हजार ३३६ मत प्राप्त गरि विजय भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार नारायणप्रसाद आचार्यले १६ हजार ८१९ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरे ।

कुल ९८ हजार ३८३ मतदाता रहेका थिए । जसमध्ये ५५.१२ प्रतिशत अर्थात् ५४ हजार २३० जनाले मात्र मतदान गरेका थिए ।

advertisement_1676998982.gif