राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ माघ, २०८२
२०८२ माघ ४, काठमाडौँ । निर्वाचन आचारसंहिता भोलि (सोमबार)बाट लागू हुने भएको छ । राति १२ बजेदेखि नै निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता यसअघि नै जारी भइसकेको छ ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ ।
आचारसंहिताले प्रचार प्रसार, उम्मेदवारले गर्ने गतिविधि, सरकारले गर्ने नियुक्ति र सञ्चार माध्यमहरूले प्रकाशन गर्ने समाचारहरूको समेत अनुगमन गर्नेछ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ ।