शुक्रबार, २९ फाल्गुन, २०८२

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ माघ, २०८२

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

२०८२ माघ ४, काठमाडौँ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ ।

शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो । खड्काले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफल समेत गरिसकेका छन् । त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिने बताइएको छ ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको विशेष महाधिवेशनको औचित्य नहुने भन्दै देउवा पक्ष विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आइरहेका छन् ।

advertisement_1676551694.gif