शनिबार, ३० फाल्गुन, २०८२

निर्वाचन आयोगले गर्यो छ वटा राजनीतिक दलको दर्ता खारेज

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ पुष, २०८२

निर्वाचन आयोगले गर्यो  छ वटा राजनीतिक दलको दर्ता खारेज

२०८२ पुष ०९, काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो ।

आयोगका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी खारेज भएका छन् ।

हाल आयोगमा दर्ता भएका दलको सङ्ख्या १३७ छ ।

advertisement_1676551694.gif