शुक्रबार, २९ फाल्गुन, २०८२

निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ-पूर्णबहादुर खड्का

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३ माघ, २०८२

निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ-पूर्णबहादुर खड्का

२०८२ माघ २, काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई निर्वाचन आयोगले आधिकारिकता नदिए देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्ररका सम्मेलनमा बोल्दै उनले कांग्रेसको सबै शक्ति उतारे वडा र टोलसम्मै आन्दोलन गर्ने बताएका छन् ।

‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं ।’

आज कांग्रेसको पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उनले पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत उक्त चेतावनी दिएका हुन्।

advertisement_1676553908.gif