राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ माघ, २०८२
२०८२ माघ ४, काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता श्रेष्ठले आजको राष्ट्रियसभा बैठकमा सदस्यबाट राजीनामा दिएका हुन्।
आज सचिवालयमा राजीनामा बुझाएका नेता श्रेष्ठ सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने टुंगो लागेको छ । श्रेष्ठ २०७६ को माघमा राष्ट्रिय सभाका लागि निर्वाचित भएका थिए । त्यसबेला उनी कुनै पनि तहको निर्वाचनमा पहिलोपटक विजयी भएका थिए ।
आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि राजीनामा दिएका उनको कार्यकाल पनि आगामी फागुन २० गते सकिँदैछ ।