राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ८ माघ, २०८२
२०८२ माघ ७,काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं कैलाली क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रेशम चौधरीविरुद्ध उजुरी परेको छ ।
मनोनयन दर्ता बदर गर्नुपर्ने मागसहित नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डंगौराले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । टीकापुर् घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहाइ भएका थिए।
निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पेश गर्न बिहीबारसम्मको समय दिएको बताइएको छ ।