बिहीबार, २८ फाल्गुन, २०८२

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ फाल्गुन, २०८२

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी

२०८२ फागुन २४, ओखलढुंगा । ओखलढुंगाको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल अत्यन्तै झिनो मतअन्तरले विजयी भएका छन् ।

भर्खरै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार, पोखरेलले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेललाई मात्र ५ मतको अन्तरले पराजित गर्दै बाजी मारेका हुन् ।

निर्वाचित पोखरेलले १३ हजार ९ सय ५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लुइटेलले १३ हजार ९ सय ४८ मत पाएका छन् ।

ओखलढुंगामा यसपटक निकै रोचक र प्रतिस्पर्धात्मक भिडन्त देखिएको थियो। मत गणनाको सुरुवाती चरणदेखि नै लुइटेलले अग्रता बनाएका थिए । गणनाको अन्तिम समयमा आएर पोखरेलले अग्रता बढाउँदै लगे र अन्ततः ५ मतको निर्णायक अन्तरले जित हासिल गर्न सफल भए। यस जितसँगै ओखलढुंगामा पनि रास्वपाले आफ्नो उपस्थिति बलियो बनाएको छ ।

advertisement_1676551646.gif