शनिबार, ३० फाल्गुन, २०८२

ओलीलाई बयानका लागि जाँचबुझ आयोगले काट्यो पत्र

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २० पुष, २०८२

ओलीलाई बयानका लागि जाँचबुझ आयोगले काट्यो पत्र

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो।

आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा गोली चलेको विषय, दमन भएको विषयमा तत्कालीन सरकार प्रमुखको हैसियतले केपी ओलीमाथि बयान लिन लागिएको हो ।

advertisement_1676553851.gif