बिहीबार, २८ फाल्गुन, २०८२

ओलीले दिए बालेनलाई बधाई

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२

ओलीले दिए बालेनलाई बधाई

२०८२ फागुन २३, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् । ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् ।

उनले ‘बालेन बाबु, विजजयका लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना!,’ उनले लेखेका छन् ।

बालेनले ६८ हजार ३४८ मत ल्याउँदै झापाबाट विजय भएका छन् । उनले ओलीलाई ४९ हजार ६१४ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका छन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।

यसैगरी उक्त क्षेत्रमा नेपाली कांग्रेसकी मंधरा चिमोरियाले १८२१ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १४६१ मत प्राप्त गरेका छन् ।

advertisement_1676551537.gif