शुक्रबार, २९ फाल्गुन, २०८२

पाल्पाका अधुरा आयोजना पुरा गर्न मेरो उम्मेदवारी : सोमप्रसाद पाण्डे

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ माघ, २०८२

पाल्पाका अधुरा आयोजना पुरा गर्न मेरो उम्मेदवारी : सोमप्रसाद पाण्डे

२०८२ माघ १८, बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास निर्माणका आयोजना पुरा गर्नका लागि आफु निर्वाचनमा होमिएको बताएका छन् ।

बुटवलमा आज पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री समेत रहेका पाण्डेले २०७९ को निर्वाचनमा आफू पराजित भएपछि पाल्पाको विकासले गति लिन नसकेको र स्थानीयकै आग्रहमा आफू पुनः निर्वाचनमा होमिएको दाबी गरेका हुन् ।

२०७९ सालमाको निर्वाचनमा आफु पराजित भएको र त्यस पछि विकासका कामहरुले गति लिन नसक्दा आफुलाई निर्वाचनमा उठन् आग्रह पाल्पाबासीहरुले आग्रह गरेको पाण्डेले बताए । 

पाण्डेले पाल्पाको विकासमा आफू पदमा रहँदा मात्र नभई नरहँदा पनि निरन्तर भूमिका निर्वाह गरेको उल्लेख गरे । सुरुङमार्ग निर्माणका लागि १० अर्ब बजेट सुनिश्चित गर्न स्रोत पुग्दैन भनेर तत्कालिन अर्थमन्त्री युवराज खतिवडा भन्दा आफुले अनसन बस्ने चेताबनी दिए पछि मात्रै सुरुर्माग निर्माणका लागि बजेटको सुनिश्चिता भएको बताए । 

‘सुरुमार्ग निर्माण गर्ने लगानी राज्यको हो, यसको निर्माणका लागि मैले धेरै प्रयत्न गरेको छु, अर्थमन्त्रीले बजेट सुनिश्चता गर्न आनाकानी गर्दा म अनसन बस्ने चेतावनी पनि दिएको हुँ । मैले सडक बने यता झण्डै १ हजार जनाले ज्यान गुमाउनु परेको छ । नागरिकको जिउ ज्यान भन्दा ठूलो कुरा केही होइन्, जसरी पनि सुरुङ मार्ग बनाउनै पर्छ भनेपछि बजेट सुनिश्चिता भएर निर्माण भएको हो,’– उनले भने ।

उम्मेद्वार समेत रहेका पाण्डेले पाल्पा बुटवलबाट नजिक रहेकाले पर्यटकी क्षेत्रको रुपमा अघि बढाउन सकिने धेरै सम्भावना रहेको र आफुले जिते त्यो पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि पाल्पामा नेपालको सबै भन्दा ठूलो बुद्ध गार्डेन मूर्ति बनाउने आफ्नो योजना रहेको बताए । 

यस्तै पूर्वमन्त्री पाण्डेले भदौ २३ गतेका आन्दोलन जेनजीहरुको शुद्ध मनले भएको भने पनि २४ गतेको आन्दोलनमा व्यापक चलखेल भएको बताए । ‘२३ गतेको आन्दोलन शुद्ध मनले नै भएको हो, अर्को दिन व्यापक चलखेल भयो। यसकारण अहिले संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै खतरा छ,’– उनले भने ।

पूर्वमन्त्री पाण्डेले सर्वोच्च अदालत मात्रै जलेको नभई नेपालीको सार्वभौम पनि जलेको बताए ।  नेपाली कम्युनिष्ट पार्टीले समेत २३ गतेको आन्दोलनलाई पूर्ण रुपमा समर्थन जनाएको बताउँदै जेनजीको माग आफुले पुरा गर्न सक्ने बताए । 

पाल्पा र बुटवलको निकटतालाई उपयोग गर्दै पर्यटन र पूर्वाधार विकासमा क्रान्ति ल्याउने उनले प्रतिबद्धता जनाए । 

advertisement_1676998982.gif