शुक्रबार, २९ फाल्गुन, २०८२

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ माघ, २०८२

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

२०८२ माघ ६, काठमाडौँ । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई टिकट अन्तिम समयमा दिएको छ ।

नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिका अनुसार आज बिहान मात्रै प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले गैरेको टिकट लिएर पाल्पा आउदै गरेको जानकारी दिए ।

बिहानसम्म राम बहादुर राउतको टिकटको फाइनल थियो । "अहिले केहीबेरमा अध्यक्ष कडेलले गैरेको टिकट लिएर आउनु भएको छ । घर्तिले भने ।"

यसअघि पाल्पा–२ मा विष्णु पौडेल र राम बहादुर राउतले टिकट पाएका थिए । पाल्पा २ मा तेश्रो पटक एमालेको उम्मेदवार परिवर्तन भएको हो ।

advertisement_1676551646.gif