राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ फाल्गुन, २०८२
२०८२ फागुन २५, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने बताएका छन् ।
थापाले आज राजीनामा दिनेबारे उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् । सोमबार साँझ नयाँबानेश्वरमा भएको भेटमा थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पद त्याग गर्ने सोच बनाएको शर्मालाई बताएका थिए ।
तर उपसभापति शर्माले भने चुनावी हारको जिम्मा कुनै एक व्यक्तिमाथि मात्र नथोपर्नुपर्ने र अहिले सभापतिले राजीनामा दिँदा पार्टी झनै अप्ठ्यारो अवस्थामा पर्न सक्ने भन्दै उनलाई यस्तो निर्णय नगर्न सुझाव दिएका छन् ।
शर्माले सभापतिसँग राजीनामाबारे छलफल भएको पुष्टि गर्दै अहिले पार्टीभित्र यस विषयमा थप परामर्श भइरहेको बताए ।
‘यो केवल रास्वपाको जितभन्दा बढी हाम्रो पराजय हो । तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेषमहाधिवेशनबाट आएको कार्यसमिति,’ शर्माको भनाइ छ ।