शुक्रबार, २९ फाल्गुन, २०८२

पार्टी सभापति देउवालाई महामन्त्री गगनले पठाए विशेष महाधिवेशनको निमन्त्रणा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ पुष, २०८२

पार्टी सभापति देउवालाई महामन्त्री गगनले पठाए विशेष महाधिवेशनको निमन्त्रणा

२०८२ पुष २४, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवालाई पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत विशेष महाधिवेशनको निमन्त्रणा सन्देश पठाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले सभापति देउवालाई विशेष महाधिवेशनको निमन्त्रणा पठाएका हुन् । उनले विशेष महाधिवेशनको दिन पुस २७ गते कार्यक्रममा सहभागी हुन आग्रहसहित सन्देश सुनाइदिन कार्यबहाक सभापति खड्कालाई आग्रह गरेका छन् ।

केन्द्रीय समितिले विशेष महाधिवेशन आयोजना नगर्ला भनेर कल्पना नै नगरिएको भन्दै देशभरिबाट प्रतिनिधिलाई बोलाइएको महामन्त्री थापाले बताए ।

‘पुस २७ गते पार्टी सभापति सहभागी हुनुपर्छ । त्यसले उहाँकै मान बढाउँछ । अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा बढ्छ। कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्‍याइदिनु होला,’ उनले भनेका थिए ।

 ‘हामीले देशभरिका साथीहरूलाई आह्वान गरेका छौँ, सबै साथीहरू आउनुहुन्छ भन्ने विश्वास छ, मैले कार्यवाहक सभापतिमार्फत भनेको छु, सभापतिज्यूमा यो कुरा पुर्‍याइदिनु होला,’ उनले भने, ‘यो अधिवेशन हाम्रो हो, यसलाई केन्द्रीय कार्यसमितिले स्वामित्व लिन्छ भन्ने हाम्रो विश्वास हो, उनले भने ।

advertisement_1676998982.gif