राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ८ पुष, २०८२
२०८२ पुष ०८, काठमाडौं । जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडील लगायत तीनजनाको स्थान हद फुकुवा गरेको बताएको छ ।
आयोगले मंगलबार पत्र पठाउँदै पूर्वगृहसचिव दुवाडी,नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाएको स्थान हद फुकुवा गरेको बताएको छ ।
पत्रमा उनीहरूसंग गर्नु पर्ने कार्य सकिएकोले स्थान हद फुकुवा गरिएको आयोगले जनाएको छ।