शनिबार, ३० फाल्गुन, २०८२

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने अदालतको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १६ पुष, २०८२

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने अदालतको आदेश

२०८२ पुष १६, काठमाडौं । विशेष अदालतले भ्रष्टाचार आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ ।

उनी बुधबार विशेष अदालतमा उपस्थित भएका थिए। उनको बयानपछि थुनछेक बहस भएकोमा विशेष अदालतले थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनु पर्ने आदेश गरेको हो ।

Download the PDF
advertisement_1676551694.gif