शनिबार, ३० फाल्गुन, २०८२

पूर्वराष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ७ पुष, २०८२

पूर्वराष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

२०८२ पुष ०७, काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लागेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै नेता ज्ञवालीले हिजो अस्तिका दुई दृश्यले आँखा बिझाएको टिप्पणी गर्दै पूर्वराष्ट्रपतिलाई आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको भन्दै प्रश्न गरे ।

पत्रकार ऋषि धमलासँगको एक अन्तरवार्तामा पूर्वराष्ट्रपति भण्डारीले राजतन्त्र पुनर्स्थापनाको सम्भावना जीवितै रहेको र पूर्वराजा ज्ञानेन्द्र शाह पुनः राजा बन्नसक्ने बताएकी थिइन् ।

नेता ज्ञवालीले पार्टीको ११ औं महाधिवेशन सकिएलगत्तै केहीले गरेको छुट्टै भेलाप्रति पनि टिप्पणी गरे ।

उनले लेखेका छन्, ‘हिजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन। महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै ‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन ।’

advertisement_1676551694.gif