शुक्रबार, २९ फाल्गुन, २०८२

प्रचण्डका १२ जना केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ माघ, २०८२

प्रचण्डका १२ जना केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

२०८२ माघ ४, काठमाडौँ । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १२ जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।

आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी गराएका हुन् । पार्टी एकता हुँदा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट १२ जना केन्द्रीय सदस्य नेकपामा जोडिएका थिए ।

उनीहरूले आफ्नो समूहका १२ जना राष्ट्रियसभा, समानुपातिक र प्रत्यक्षतर्फ एक जना पनि छनोट नभएकाले अपमानित महसुस गरेको समेत राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

advertisement_1680627706.gif