शुक्रबार, २९ फाल्गुन, २०८२

प्रचण्डले गरे रुकुम पूर्वमा उम्मेदवारी दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ माघ, २०८२

प्रचण्डले गरे रुकुम पूर्वमा उम्मेदवारी दर्ता

२०८२ माघ ६, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार रुकुम पूर्वस्थित निर्वाचन कार्यालयमा पुगेर फागुन २१ को निर्वाचनका लागि प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।

गत निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएका प्रचण्डले आगामी निर्वाचन नयाँ क्षेत्रबाट लड्न लागेका हुन् ।

रुकुम पूर्वमा माओवादीको ऐतिहासिक प्रभाव रहे पनि प्रचण्डको नेतृत्वमा उक्त क्षेत्रमा मतदाताले कस्तो प्रतिक्रिया जनाउनेछन्, त्यो हेर्न बाँकी रहेको छ ।

advertisement_1676551646.gif