शुक्रबार, २९ फाल्गुन, २०८२

प्रतिनिधिसभा निर्वाचन २०८२: पाल्पा-२ मा फेरि बाजी मार्ने दाउमा एमाले नेता ठाकुर गैरे

कृष्ण घिमिरे, बिहीबार, ३० माघ, २०८२

प्रतिनिधिसभा निर्वाचन २०८२: पाल्पा-२ मा फेरि बाजी मार्ने दाउमा एमाले नेता ठाकुर गैरे

२०८२ माघ २९, पाल्पा । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पाल्पा जिल्ला त्यसमा पनि दुइ निर्वाचन क्षेत्र राजनीतिक चहलपह बढ्नु स्वाभाविक नै हो त्यसमाथि अझ बादी चासोको केन्द्र बनेको छ । पुराना निर्वाचित नेताको विरासत जोगाउने प्रयास र नयाँ पुस्ताको स्थापित संरचना भत्काउने आकांक्षाबीचको टकरावले यो क्षेत्रलाई अझ महत्वपूर्ण बनाइदिएको छ । पाल्पा जिल्ला नेपाली राजनीतिको प्रभावशाली जिल्लाका रूपमा चिनिन्छ । बिगतमा पाल्पाको तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस अध्ययन अध्यापनको केन्द्र बिन्दु तथा विभिन्न नेताहरुको राजनीतिसक इतिहास बोकेकोले राजनीतिक केन्द्रका रुपमा अन्त्यन्तै महत्पूर्ण स्थानका रुपमा हेर्ने गरिन्छ ।

अहिले देश चुनावमय भएको छ । सबैतिर चुनाबको वातावरण लगभग बन्दै गएको देखिन्छ तर पनि कतिपयलाई जेलका कैदीहरु भागीरहेको हतियार हरु लुटिएको अवस्थामा कसरि ढुक्क संग शान्ति पुर्वक निर्वाचन होला र भन्ने अवस्थामा पुगेको पनि देखिन्छ । तथापि सम्पूर्ण राजनीतिक दलहरुले चुनावलाई स्वीकार गरेर चुनावमा लागेका र सरकार पनि चुनाव गराउछु भनेर लागे पछि अब चुनाव नहोला र भन्ने शंका गर्ने ठाउँ छैन । तसर्थ चुनाव हुन्छ । आउदो चुनावमा पाल्पा जिल्लाको निर्वाचनमा कसको बिजयी होला त भन्ने बिषयमा बिगत देखिको इतिहासलाई समेत हेरर विश्लेषण गर्ने प्रयास गरिएको छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई हेर्दा

पाल्पा जिल्लामा लामो समयदेखि नेकपा एमाले र नेपाली कांग्रेसको बलियो प्रतिस्पर्धा रहे पनि नेकपा एमालेले दुइवटा  निर्वाचनमा बाहेक हरेक निर्वाचनमा जित हासिल गर्दै आएको स्थान हो । बि स २०७९ को निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा जीत हात पारेको देखिन्छ । बि स २०७९ पाल्पा-२ निर्वाचन क्षेत्रमा नेकपा एमालेका ठाकुर प्रसाद गैरेले २८६४५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी पांच दलिय गठवन्धन को तर्फबाट सोम प्रसाद पाण्डेले २४८९९ मत प्राप्त गरेका थिए । उनलाई नेपाली कांग्रेस तथा तत्कालिन नेकपा माओवादीको समर्थन रहेको थियो । बलियो गठबन्धन हुदा पनि युवा नेताका रुपमा परिचित एमालेका ठाकुर प्रसाद गैरेले झन्डै ४ हजार मतको अन्तरले जीत हासिल गरेका थिए । त्‍यस्‍तै समानुपातिकतर्फ नेकपा एमालेले २२,५२९, नेपालि कांग्रेसले २०१५४, रास्वपाले ८३७७, तत्कालिन नेकपा माओवादीले ५९९४ मत प्राप्त गरेका थिए । २०७९ सालमा पाल्पा २ मा ६१ प्रतिसत मत खसेको थियो ।

उक्त निर्वाचन परिणामलाई हेर्दा प्रत्यक्षतर्फ २८६४५ ल्याएको नेकपा एमालेले समानुपातिकमा झन्डै ६ हजार मत कम आएको देखिन्छ । त्यो मत त्यसबेला केहि रास्वपा तर्फ गएको वा प्रत्यक्षतर्फ ठाकुर गैरेलाई नेपाली कांग्रेस वा अन्य दलाको भोट आउदा समानुपातिकको भोट आ-आफ्नोदललाई हालेको हुनसक्ने देखिन्छ । प्रदेश सभा तर्फको निर्वाचनमा एउटा नेपाली कान्रेसा तथा अर्को गठबन्धन कै माओवादी केन्द्रले जिते का थिए । समानुपातिक तर्फ भने दलहरुको प्रतिनिधि सभाको भन्दा केहि धेरै मत आएको थियो जसमा धेर्रै मत नेकपा एमालेकै रहेको थियो । प्रदेश सभामा त्यसबेला रास्वपाले उम्मेदवार नदिएकाले त्यो मत मुख्य दलहरुकै पोल्टामा गएकोले केहि मत प्रत्यक्षमा भन्दा धेरै गएको देखिन्छ । त्यस्तै गएको स्थानीय निर्वाचनमा यस क्षेत्र का पॉंच स्थानीय तह मध्य दुइमा नेकपा एमाले तथा तिनमा तत्कालिन गठबन्धनका नेपाली कांग्रेस र तत्कालिन माओवादीले जितेका थिए ।

अहिले २०८२ को निर्वाचामा नेकपा एमालेका ठाकुर गैरे उम्मेदवार रहेका छन् भने नेपाली कांग्रेसबाट जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ उम्मेदवार रहेका छन् । त्‍यस्‍तै नेकपा बाट उनै सोम प्रसाद पाण्डे रहेका छन् जो २०७९ को  निर्वाचनमा एमालेका ठाकुर गैरे संग पराजित भएका व्यक्ति हुन् । फरक यत्ति मात्र चा अहिले उनलाई नेपाली कांग्रेसको समर्थन छैन । नया दल को तर्फ बाट २०७९ को चुनावमा रास्वपाका सुमन गैरेले ५३४९ मत ल्याई तेस्रो स्थान हासिल गरेका थिए । पाल्पा जिल्लाको  क्षेत्र न २ मा  यहि फाल्गुन २१ हुन गैरहेको प्रतिनिधि सभा निर्वाचनमा जम्मा १०९०५३ मतदाताl रहेका छन् । यसमा केहि नया मतदाताहरु थपिएका छन् भने केहि मतदाताहरु विदेश गएका छन् । पाल्पा-२ मा यसपटक कसले बाजी मार्ला त सबैको जिज्ञासा वा मनमा खुलदुली नै रहको देखिन्छ ।

गत निर्वाचनको परिणामलाई आधार मानेर नै धेरै जसो आंकलन गर्न सकिन्छ।जस्तो कि यसपटक पनि चुनावमा मतादान हुने भनेको ६० प्रतिसत देखि ६५ प्रतिसत सम्म मात्र हो । ६२ प्रतिसत मत खस्ने आधार मानेर हेर्दा झन्डै ६७ हजार ६ सय १२ मत खस्न सक्ने देखिन्छ । झन्डै १६ हजार नया मतदाता यसपटक थपिएको तथ्याङ्कले देखाएको छ । गत निर्वाचनमा एमालेका ठाकुर गैरेले पाएको मत कुल खसेको मतको झन्डै 48 प्रतिसत मत हो । यसपटक उनले पाएको मत मा केहि परिवर्तन आउँन सक्ने देखिन्छ ।

कांग्रेस एमालेको मत केहि घट्न सक्ने

गत निर्वाचनमा नेपाली कांग्रेसको आफ्नो उम्मेदवार थिएन तसर्थ कांग्रेसका केहि कार्यकर्ताहरु रुष्ट थिए । त्यसबेला तिनीहरुले या त् मतदान गरेनन या एमालेका ठाकुर गैरे वा अन्य नया दललाई मतदान गरे । यसपटक कान्रेसले आफ्नो उम्मेदवार पाएको छ । जिल्ला सभापति तथा युवा उम्मेदवार हिमालदत्त श्रेष्ठ निर्वाचनमा उम्मेदवार बनेका छन् । उनी युवा मात्र नभई नयॉं पात्र पनि हुन् । त्यसो त एमालेका उम्मेदवार ठाकुर गैरे पनि राष्ट्रिय रुपमा युवा नेताका रुपमा परिचित नेता हुन् । उनको राजनीतिको शुरुवात त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिद्यार्थी नेताका रुपमा शुरु भएको हो । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्ववियु सचिव हुदै अखिलको केन्द्रिय नेतृत्व समेत गरेको अनुभव भएका व्यक्ति हुन् । उनि यस अघिको निर्वाचनमा ४ हजारको अन्तरले गठबन्धनलाइ जितेका व्यक्ति हुन् । एमालेको पोलिटब्युरो सदस्य हुदै अघिल्लो संसदमा संसदीय समितिको सभापति भैसकेको अनुभव समेत रहेको छ । तथापि कांग्रेस एमालेको मत पहिलेको निर्वचन भन्दा केहि घट्न सक्ने देखिन्छ । त्‍यस्‍तै नेपाली कांग्रेस, माओवादी, समाजवादी लगायत पाच दलिय गठबन्धनको मत एकै स्थानमा खस्दा सोम प्रसाद पाण्डेले २४८९९ मत प्राप्त गरेका थिए । जुन कुल खसेको मतको झन्डै ४० प्रतिशत मत हो ।

अहिले नेपाली कांग्रेसको पोल्टामा गत निर्वाचनमा समानुपातिकमा पाएको मतमा केहि थपिन सक्ने देखिन्छ । त्‍यस्‍तै सोम प्रसाद पाण्डे जो अहिले पनि निर्वाचनमा रहेका छन् उने नेकपाका उम्मेदवार रहेका छन् । त्‍यसबेला नेपाली कान्रेसको मत समेत गर्दा प्राप्त मतलाइ घटाएर तथा समानुपातिक मत लाइ समेत आधार मान्दा गत निर्वाचनमा पाएको समानुपातिक मत भन्दा केहि धेरै आउँन सक्ने देखिन्छ । अर्को नया दलका रुपमा चर्चामा रहेको रास्वपाको प्रभाव अन्य स्थानमा जस्तो पाल्पा जिल्लामा पाइएको छैन । तर पनि नया दलको चर्चा चलिरहदा मतदाताहरुमा पनि केहि न केहि फरक त हुन्छ नै तसर्थ उसले गत निर्वाचनमा पाएको मतलाई हेर्दा केहि बढ्न सक्ने देखिन्छ । तर एमाले वा कांग्रेसको धेरै मत काट्न सक्ने देखिदैन । त्‍यस्‍तै राप्रपाका उम्मेदवार दुल बहादुर कुवर तथा जनमोर्चाका बिशाल दर्लामीले समेत केहि भोट ल्याउन सक्ने छन् । राप्रपाको केहि मत थपिन सक्ने देखिन्छ ।

मुख्यतया नेकपा एमाले र नेपाली कांग्रेस बीच मुख्य प्रतिस्प्रधा पाल्पा-२ मा हुन् सक्ने देखिन्छ । नेपाली कांग्रेस ले यसपटक पाल्पा २ मा आफ्नो प्रभाव राम्रै रहेको दावी गरेको छ भने नेकपा एमालेका ठाकुर गैरेले पहिले भन्दा केहि कम मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारलाइ हराउन सकिने बताएका छन् । उनले आफुले गत निर्वाचनमा जितेर गए पछि पूर्वाधार लग्गायत विभिन्न क्षेत्रमा आफुले काम गरेको बताउछन । आफ्नै प्रयासमा खानेपानी, मोटरबाटो देखि लिएर भगवती जात्रामा पहिलो पटक राष्ट्र प्रमुखका हैसियतमा राष्ट्रपतिलाई प्रमुख अतिथिका रुपमा उपस्थित गराउन सफल भएको सुन्तलालाई राष्ट्रिय फलफुल को रुपमा घोषणा गर्ने,अकबरे खुर्सानी रोप्न प्रोत्साहित गरि किसान को मनोवल उच्च बनाएको सिद्धबाबा सुरुङ्ग मार्ग को निर्माण मा पहल गरि अहिले लगभग कार्य सकिन लागेको सुरुङ्ग मार्गले राम भरोसा रहेको बुटवल पाल्पाको जोखिम युक्त बाटोलाई जोखिम कम गर्न पहल गरेको लगायत थुप्रै काम गरेको र अझ धेरै बजेट हरु यसपटक पनि आउने क्रममा रहदा झन्डै तीन बर्षमा संसद बाट बाहिरिन परेकोले उक्त कार्य पुरा गर्नको लागि पनि आफु पुन एक पटक चुनिएर आउन लागेको बताए । पाल्पा सोमादीका दधिराम पोखरेलका अनुसार नयामा हल्ला भएपनि पुराना दलको मतमा खासै असर नगर्ने बताउछन । बन्दीपोखरा हान्गादीका प्रकाश घिमिरको भनाइ पनि उस्तै रहेको छ । उनका अनुसार जनताले देश बनाउने को हो राम्रो संग हेक्का राखेर भोट हाल्छन जनताहरु सचेत छन् । अहिले की डर त्रास र गालि बेइजेति को कारणले खासै नखुले पनि अन्तिममा पुरानै दल मा भोट हाल्ने दावी गर्छन । 

दुबैको दावी रहे पनि जित्ने एक जनाले हो हेरौ फाल्गुन २१ सम्म कसले मार्छ बाजी निर्वाचन परिणाम पछि अवश्‍य थाहा हुनेछ । यो तथ्यांक गत निर्वाचनको प्रत्यक्ष तर्फको मत परिणाम, समानुपातिक मत परिणाम तथा मतदाता संगको प्रत्यक्ष कुराकानीलाई आधार मानेर तयार पारिएको हो ।

advertisement_1676553908.gif