राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२
२०८२ फागुन २३, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ५९ क्षेत्रमा विजयी भएकोे छ । आजको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६२ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्।
निर्वाचन आयोगका अनुसार मतगणना सार्वजनिक भएका अनुसार नेपाली कांग्रेसले नौ क्षेत्रमा जित हासिल गरेको छ भने दशौ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले तीन स्थानमा विजयी हुँदा दश स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म एक उम्मेदवार विजयी भएका भने ५ स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन् ।