राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २० पुष, २०८२
काठमाडौं। निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकेको छ । आइतबार आयोगले ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत तोकेको हो ।
मुख्य निर्वाचन अधिकृतमा अधिकांश जिल्ला न्यायाधीश तोकिएका छन् भने निर्वाचन अधिकृतमा अन्य कानुनी क्षेत्रकै तोकिएका छन् ।
आगामी पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरुलाई निर्वाचन अधिकृत तोकेको हो ।
