शनिबार, ३० फाल्गुन, २०८२

प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै पूरक रिट आज पेसी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ पुष, २०८२

प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै पूरक रिट आज पेसी

२०८२ पुष ०९, काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ र अन्य दलका ३ सहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा बुधबार आज लागि पेसी तोकिएको छ ।

नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका ८ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ । पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीको वारेस मार्फत दायर रिटमा असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वको सरकारले सञ्चालन गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन रोक्न माग गरिएको छ ।

यसअघि मंसिर २३ गते कांग्रेसका ८ सांसद र मंसिर १० गते एमालेका ७५ सांसदले संसद पुनस्र्थापनाका लागि रिट दायर गरिसकेका थिए । प्रारम्भिक सुनुवाइमा राष्ट्रपति र प्रधानमन्त्रीसहित लिखित जवाफ मागिएको थियो ।

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका हुन् ।

उनीहरूले मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् ।

यस्तै एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।

एमालेले मंसिर १० गते र कांग्रेसका सांसदहरूले मंसिर २३ गते रिट दर्ता गरेका थिए ।

advertisement_1676553908.gif