राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २६ फाल्गुन, २०८२
२०८२ फागुन २६, काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ ।
यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज समाचार तयार पर्दा सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी ४९ लाख ५८ हजार ७८१ प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ७६ हजार ३१०, नेकपा (एमाले)ले १३ लाख ९१ हजार ६९८ नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ५४ हजार ४७३, श्रम संस्कृति पार्टीले ३ लाख ४८ हजार १७८ , राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २३ हजार ९९ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।