राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २९ पुष, २०८२
२०८२ पुष २९, काठमाडौँ । पत्रकार रामबहादुर रावल प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । उनी यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकका रूपमा कार्यरत रहँदै आएका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताएका छन् ।
यसअघि रावल प्रधानमन्त्री कार्कीको प्रेस संयोजक नियुक्त भएका थिए । नेपाल खबर डटकमका सम्पादक रावल राजीनामा दिएर प्रधानमन्त्रीको संयोजक भएका हुन् ।
दृष्टि साप्ताहिकबाट पत्रकारिता प्रारम्भ गरेका रावलले नेपाल एफएम हुँदै कान्तिपुरको नेपाल म्यागजिन, कान्तिपुर टेलिभिजनमा समाचार को–अर्डिनेटर र ग्यालेक्सी फोरके टेलिभिजनको सम्पादक भएर काम गरि सकेका छन् ।