बिहीबार, २८ फाल्गुन, २०८२

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ फाल्गुन, २०८२

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

२०८२ फागुन १८, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन् । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सम्बोधन गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार चुनाव र अन्य समसामयिक विषयका सन्दर्भमा उनले आफ्ना धारणा राख्ने छिन् । 

सम्बोधनको समय भने अझै तय भइसकेको छैन । गत भदौमा भएको जेन जेड आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । 

कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी थियो ।

advertisement_1676553851.gif