शनिबार, ३० फाल्गुन, २०८२

प्रधानमन्त्री कार्कीसँग छलफलमा देउवा, ओली र प्रचण्ड सहभागी

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १२ पुष, २०८२

प्रधानमन्त्री कार्कीसँग छलफलमा देउवा, ओली र प्रचण्ड सहभागी

२०८२ पुष १२, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले समसामयिक घटनाक्रम, फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनजस्ता विषयमा छलफल गर्न तीन शीर्ष नेतालाई बालुवाटार बोलाइकी हुन् ।

हिजो शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले तीनै जना नेताहरुलाई भेटेर बालुवाटार बोलाएका थिए ।

advertisement_1680627680.gif