शुक्रबार, २९ फाल्गुन, २०८२

प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ माघ, २०८२

प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल

२०८२ माघ ४, काठमाडौँ । निर्वाचन आयोगले आचार संहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमबाझ यो जानकारी दिएको हो।

आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो । जसअनुसार, निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुनेछ ।

आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।

advertisement_1772818633.jpg