शनिबार, ३० फाल्गुन, २०८२

प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षबिच भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ पुष, २०८२

प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षबिच भेटवार्ता

२०८२ पुष १४, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन् ।

अध्यक्ष दाहालले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भेट गरेका हुन् ।

भेटका क्रममा आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यको निर्वाचन, राष्ट्रिय सभाका गतिविधिलगायत विषयमा कुराकानी भएको थियो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिवेशन बोलाउन र सुविधा कटौती पनि नगर्न आग्रह गरेका थिए ।

advertisement_1680627706.gif