शनिबार, ३० फाल्गुन, २०८२

प्रधानमन्त्री र तीन दलका शीर्ष नेतासँग राष्ट्रपतिको छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ८ पुष, २०८२

प्रधानमन्त्री र तीन दलका शीर्ष नेतासँग राष्ट्रपतिको छलफल

२०८२ पुष ०८, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

राष्ट्रपतिले छलफलका लागि बोलाएपछि प्रधानमन्त्रीसहित शीर्ष तीन दलका नेताहरू शीलत निवास पुगेका थिए ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी रहेका छन् ।

जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति पौडेलले गरेको यो पहिलो छलफल हो । उनीहरूबीच अहिले शीतलनिवासमा छलफल चलिरहेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रीत रहेको स्रोतले बताएको छ ।

advertisement_1676551694.gif