राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ६ पुष, २०८२
२०८२ पुष ०६, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आइतबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट भएको हो ।
उक्त भेटघाटमा सरकारका तर्फबाट प्रधानमन्त्री सहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् । त्यस्तै रास्वपाबाट लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्ले, नेताहरु सोविता गौतम, शिशिर खनाल लगायत नेताहरु सहभागी छन् ।
शुक्रबार कारागारबाट रिहा भएपछि चितवन हुँदै काठमाडौँ फर्किएका लामिछानेले आइतबार पार्टीको सभापतिको कार्यभार सम्हालेका छन् । पार्टीको कार्यभार सम्हाल्नेवित्तिकै उनले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।