शुक्रबार, २९ फाल्गुन, २०८२

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २ माघ, २०८२

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

२०८२ माघ १, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै हामीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो भएको बताएकी छन् ।

“आज माघ १ माघी, मकर सङ्क्रान्ति, माघे सकराती, नाम फरक भए पनि यसको आत्मा एउटै छ, “प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको शुभकामना भनिएको छ, “हामी नेपालीबीच प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने पर्व हो ।”

advertisement_1676553908.gif