शनिबार, ३० फाल्गुन, २०८२

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल बीच एकता

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ पुष, २०८२

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल बीच एकता

२०८२ पुष ९ काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर गरेका छन् । दुई नेताबीचको बुधबारको छलफलले एकताको विषय टुंगो लगाएको थियो।पद बाँडफाँटको कुरा केही भएको छैन।

कमल थापा कुनै पनि बार्गेनिङ नगरी एकताका लागि तयार भएको बताइएको छ।पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।सहमति पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख रहेको  छ ।

advertisement_1772818633.jpg