सोमबार, १२ आश्विन, २०८३

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ४ आश्विन, २०८३

राजनीतिक विश्लेषक भरत दाहाल  पक्राउ

२०८३ असोज ०४ काठमाडौँ I राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट प्रहरी नियन्त्रणमा परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता भएको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विभिन्न सार्वजनिक कार्यक्रमका सिलसिलामा मोरङ पुगेका दाहाललाई इलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालयको समन्वयमा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि हवाई जहाजमार्फत काठमाडौंस्थित साइबर ब्युरोमा पठाउने तयारी भइरहेको छ ।

advertisement_1680627706.gif