बिहीबार, २८ फाल्गुन, २०८२

रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२

रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी

२०८२ फागुन २२,  रुकुमपूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।

अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने, दोस्रो स्थानमा रहेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।

यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ । प्रचण्ड भने ५ हजार ४६० मतले अगाडि रहेका छन् ।

advertisement_1676553908.gif