राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २४ फाल्गुन, २०८२
२०८२ फागुन २४, रामेछाप । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकी विजयी भएका छन् । उनले २४ हजार ८०८ मत प्राप्त गरि विजय भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका माधव प्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत पाएका हुन ।
तयस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाए ।