राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ माघ, २०८२
२०८२ माघ ४, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रुपन्देही क्षेत्र नं-२ बाट विश्वदीप पाण्डेलाई उम्मेदवार बनाएको छ । उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् ।
पाण्डेले प्रचण्ड प्रधानमन्त्री रहेका बेला सचिवालयमा काम गरेका व्यक्ति हुन् । लामो समय नेता डा. बाबुराम भट्टराईको सचिवालयमा बसेर काम गरेका उनी केही समयअघि बाबुरामको साथ छाडेर संयोजक प्रचण्डको साथ लागेका थिए ।
एमाले उपाध्यक्ष पौडेल भने यसपटक रुपन्देही-२ बाट चुनाव उम्मेदवार बन्ने भएका छन् । उनी पाल्पा-२ बाट उठ्ने भएका छन् ।