राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ६ माघ, २०८२
२०८२ माघ ५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुर- ३ मा डा. तोसिमा कार्कीलाई टिकट दिएको छ । रास्वपाले आगामी निर्वाचनका लागि उनलाई टिकट दिएको हो ।
२०७९ को निर्वाचनमा पनि डा. कार्की सो क्षेत्रबाट विजयी भएकी थिइन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ ।