राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२
२०८२ फागुन २३, काठमाडौँ । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई २१ हजार बढी मतान्तरले पछि पार्दै पाठक विजयी भएका हुन् ।
३८ हजार ६७४ मत ल्याएर पाठक विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पराजित भएका छन् ।
लिङ्देनले १७ हजार २९४ मत ल्याए। पाठक २१ हजार ३८० मतान्तरले विजय भएका हुन् ।