बिहीबार, २८ फाल्गुन, २०८२

रास्वपाका १०४ उम्मेदवार विजयी, २० निर्वाचन क्षेत्रमा अग्रता

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ फाल्गुन, २०८२

रास्वपाका १०४ उम्मेदवार विजयी, २० निर्वाचन क्षेत्रमा अग्रता

२०८२ फागुन २४, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०३ क्षेत्रमा विजयी भएको छ । रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी भएका छन् भने २ स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक-एक स्थानमा विजयी भएका छन्। श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन् ।

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म २३ लाख ५६ हजार २१० मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले ११ लाख ९५ हजार ५९०, नेपाली कांग्रेसले चार लाख ६४०, नेकपा (एमाले) तीन लाख २० हजार ६८५ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ५२ हजार ९५३ मत प्राप्त गरेका छन् ।

advertisement_1772818633.jpg