राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १२ फाल्गुन, २०८२
२०८२ फागुन १२, सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुनसरीको इटहरीमा कोशी प्रदेशस्तरीय सभा गर्दै छ ।
परिवर्तन उद्घोष सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने रास्वपाले जनाएको छ । सभालाई सम्बोधन गर्नुपूर्व रवि र बालेनले झापामा सँग घरदैलो गर्ने छन् ।
बालेन यसअघि नै झापामा छन् भने लामिछाने विहान काठमाडौँबाट जाँदै छन् । लामिछाने चन्द्रगढी एयरपोर्टमा उत्रिएर झापाको चुनावी प्रचारमा सहभागी हुने छन् ।
भेलाको लागि रास्वपाले आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ ।