राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २६ माघ, २०८२
२०८२ माघ २५, काठमाडौँ । नागरिक मुक्ति पार्टी नेपालका संरक्षक रेशम लाल चौधरीको उम्मेदवारी रद्द गर्ने विरुद्ध दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । आइतबार न्यायाधीशहरू शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तिम फैसलाबाट मुद्दा टुंगो लाग्ने भन्दै अन्तरिम राहत दिन अस्वीकार गरेको छ ।
निर्वाचन आयोगले कैलाली क्षेत्र नम्बर १ बाट चौधरीको मनोनयन अस्वीकार गरेपछि उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । टीकापुर घटनासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीनै तहको अदालतले दोषी ठहर गरेको आधारमा आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो ।