मंगलवार, २८ आश्विन, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ माघ, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने

सरकारमा रहेका दलहरु मध्येको तेस्रो ठुलो दल  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो तर सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको छ।

रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए । तर नागरिकता मुद्दामा  सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएका थिए  । रबि ले नागरिकताका बिषयमा सर्वोच्चले गरेको फैसला पछि तुरुन्त नेपाली नागरिकताको प्रमाण पत्र लिएका थिए।  उनि फेरि सरकारमा गृह मन्त्रि को रुपमा जान चाहन्थे तर प्रधानमन्त्री पुष्पकमल दाहालले यो अस्विकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको बुझिएको छ।

advertisement_1676551694.gif