शुक्रबार, २९ फाल्गुन, २०८२

राष्ट्रिय सभाकाे चालु अधिवेशन अन्त्य

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३० माघ, २०८२

राष्ट्रिय सभाकाे चालु अधिवेशन अन्त्य

२०८२ माघ २९, काठमाडौं । राष्ट्रियसभा चालु अधिवेशन फागुन–१ गतेदेखि लागू हुने गरी अन्त्य गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको छ ।

संसद सचिवालयले नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधि सभा र नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य सम्मिलित दुवै सभाको बैठक अब अर्को अधिवेशनमासँगै बस्ने जनाएकाे हाे ।

advertisement_1680627680.gif