शुक्रबार, २९ फाल्गुन, २०८२

राष्ट्रिय सभाका तीन सांसदले दिए पदबाट राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ माघ, २०८२

राष्ट्रिय सभाका तीन सांसदले दिए पदबाट राजीनामा

२०८२ माघ ४, काठमाडौँ । राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।

प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

भगवती न्यौपानेले एमालेले तनहुँ १ बाट उम्‍मेदवार बन्‍नको लागि टिकट दिएको छ ।

वामदेव गौतम नेकपाबाट टिकट पाएक छन् । वामदेव गौतम २०७४ सालमा एमालेबाट उम्‍मेदवार उठ्दा पराजित भएको बर्दिया क्षेत्र नम्बर १ बाट  उम्‍मेदवार बन्‍ने भएका छन् ।

गृहजिल्ला गोरखामा पराजित भएपछि राष्ट्रिय सभातिर गएका नारायणकाजीले यस पटक सर्लाही क्षेत्र नम्बर ३ बाट उठ्न टिकट लिएका छन् ।

लिखित राजीनामा दिएका तीनै जना सांसदहरुको कार्यकाल आउँदो फागुन २० गते सकिदैँ थियो । 

advertisement_1772818633.jpg