शुक्रबार, २९ फाल्गुन, २०८२

राष्ट्रिय सभा सदस्य निर्वाचन: लुम्बिनी प्रदेशमा २६ र स्थानीय तहका ५० मत खसे

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ माघ, २०८२

राष्ट्रिय सभा सदस्य निर्वाचन: लुम्बिनी प्रदेशमा २६ र स्थानीय तहका ५० मत खसे

२०८२ माघ ११, काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान प्रक्रिया जारी रहेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ः२८ बजेसम्म प्रदेश सभा सदस्यका २६ मत र स्थानीय तहका ५० मत खसिसकेका छन् ।

आयोगले तोकिएका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य तथा सम्बन्धित प्रदेशका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिका प्रमुख–उपप्रमुख मतदाता रहने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार मतदान निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान सकिएपछि तोकिएको कार्यतालिका अनुसार मतगणना प्रक्रिया सुरु गरिने आयोगले जानकारी दिएको छ ।

advertisement_1772818633.jpg