शुक्रबार, २९ फाल्गुन, २०८२

राष्ट्रियसभा : गण्डकीबाट एमालेकी देवकोटा विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ माघ, २०८२

राष्ट्रियसभा : गण्डकीबाट एमालेकी देवकोटा विजयी

२०८२ माघ ११, काठमाडौं । गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा एमालेकी सम्झना देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् । राष्ट्रियसभा निर्वाचनका लागि आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा भएको मतदानमा उनी विजयी भएकी हुन् ।

उनी नेपाली कांग्रेससँगको सहकार्यमा एमालेबाट उमेदवार बनेकी थिइन् । गण्डकीका २२८ मतदतामध्ये २२३ मत खसेको थियो। उनले पाँच हजार १४ मतभार पाएकी छन् ।

मतदानमा राप्रपाका दुई सांसद र सत्ता गठबन्धनका तीन पालिका प्रतिनिधि मतदानमा सहभागी भएका थिएनन् ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे र राष्ट्रिय जनमोर्चाले लक्ष्मी बास्कोटालाई उमेदवार बनाएको थियो ।

advertisement_1680627706.gif