शुक्रबार, २९ फाल्गुन, २०८२

राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ माघ, २०८२

राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य

२०८२ माघ ७, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्न जाँदा मतदाताको पहिचान खुल्ने ६ प्रकारका कागजात मान्य हुने निर्णय गरेको छ ।

आयोगका अनुसार माघ ११ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान गर्दा निम्नमध्ये कुनै एक परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ । मान्य परिचयपत्रहरूमा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र, प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा प्राप्त प्रमाणपत्र, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र समावेश छन् ।

यसैगरी, प्रदेश सभा सचिवालय वा स्थानीय तहले जारी गरेको पद खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरिएको छ ।

advertisement_1676551646.gif