शनिबार, ३० फाल्गुन, २०८२

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ पुष, २०८२

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

२०८२ पुष २१, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रममा महान्यायाधिवक्ता सबिता भण्डारीले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरेकी हुन् ।

महान्यायाधिवक्ता भण्डारीले नेपालको संविधानको धारा १५९ बमोजिम आर्थिक वर्ष २०८१/०८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

महान्यायाधिवक्ता भण्डारीले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेकी थिइन् ।

advertisement_1676998982.gif